टेक्निकल पढेर पनि बेरोजगार भैइन्छ कि भन्ने डर छ
✍️ निकै अभाव, संघर्ष,र आफ्ना इच्छा हरुलाइ केही बर्ष थाती राख्दै आफ्नै देशमा केही गर्ने सोचका साथ मैले भखर टेक्निकल तर्फ डिप्लोमा इन इलेक्टि्रकल एण्ड इलेक्ट्रोनिकस इन्जिनियरिङ पढी भ्याएको छु।
तर मलाई प्रत्येक साझँ निकै खुल्दुली र चासो हुने गर्छ म अब पढिसके पछि के गर्न कति म पनि अरु +2 सकेर बेरोजगार भएका साथी जस्तै बेरोजगार हुने त हैन भन्ने कुराको र एक तर्फी आफैले आफैलाइ प्रश्नको उत्तर दिन्छु हुन त उनिहरु अर्थात +2 सकेर बेरोजगार भएका र म मा धेरै फरक छ नि उनिहरु सँग केबल किताबी ज्ञान मात्र छ।
तर ब्यबहारिक ज्ञान सीप कुनै नभएर पो बेरोजगार भएका छ्न त म सँग त नलेज सहित हातमा सीप छ अनि म कसरी बेरोजगार रहन सकुला र ।
हुनत यी यस्ता प्रश्न म जस्ता हजारौं साथिहरुलाइ आउँछ होला आउने पनि देशमा बाताबरण नै यस्तै छ।
अर्कोतर्फ फेरि अहिले नेपालमा टेक्निकल शिक्षा पढेका विद्यार्थीहरु पनि रोजगार नपाएर खाडीमुलुक तिर पनि जान बाध्य भएका छन किनकी नेपालमा उनिहरुको सिपको कुनै मुल्याकन र महत्त्व छैन नत यो सिप युक्त जनशक्तिको राज्यका कुनै निकाएले महत्त्व दिएका छ्न ।
नेपालमा रोजगार भन्ने गरेको तेहि लोकसेवा आयोगमा नाम निकाले मात्र छ ।
त्यो पनि केही बर्ष समग्र विद्यार्थीको २% जति मात्र कोठा खोल्छ अनि त्यस्तोमा कस्ले कस्ले रोजगार पाउने जसरी सिटिइभिटिले प्राबिधिक विद्यार्थी उत्पादन गर्छ त्यसरि नै नेपालका अर्को कुनै संस्था उत्पादित सीप सहितका विद्यार्थीलाई रोजगारमा परिचालन गर्ने भएको भए देश बिकासमा निकै योगदान पुग्ने थियो।
भने अर्को तर्फ म जस्ता मेरा साथिलाइ पढी सकेपछि के गर्ने कहाँ जाने भन्ने कुराको चिन्ता लाग्नु पर्ने थिएन। टेक्निकल शिक्षा युक्त जनशक्ति भनेको देश बिकासका लागि चाहिने महत्त्वपूर्ण जनशक्ति हो तर नेपालमा यस्तो जनशक्ति त बेरोजगार छ भने कुन जनशक्तिले रोजगार पाएको छ त ।
यो एउटा प्रश्नको विषय छ र आज नेपालमा उत्पादित टेक्निकल विद्यार्थीलाई कसरी रोजगारमा परिचालन गर्ने भन्नेमा आज सम्म राज्यका कुनै पनि निकायले चासो दिएको छैन्न।
नत सरकारले नै यो विषयमा चासो देखाएको छ। म सरकारलाइ प्रश्न गर्न चाहान्छु नेपालमा टेक्निकल जनशक्ति बेरोजगार छ भने कुन चै जनशक्ति रोजगार युक्त छ त ? यो निकै दु:खद कुरा होइन र जबकी देश बिकासका लागि चाहिने महत्त्वपूर्ण जनशक्ति त बेरोजगार छ भने अनि कसरी देश बिकसित हुन सक्छ यश विषयमा सरकार ले चाडै बुद्धि पुर्याएर सीप युक्त प्राबिधिक जनशक्तिलाई रोजगारमा परिचालन गर्ने तिर प्रक्रिया चाले मात्र दक्ष जनशक्ति देश भित्रै रहने देश बिकास सम्भव छ।
✍️ लेखक तुलसीपुर बहुप्राबिधिक शिक्षालय मेट्रो कलेजमा इलेक्टि्रकल इन्जिनियरिङ तर्फ अध्ययनरत छात्र डेभलपमेन्ट खत्री हुनुहुन्छ ।
लेखकको सम्वन्धमा