अखिल क्रान्तिकारी दाङ द्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा मेरि गोल्डकि बिभिषा के.सि प्रथम
फाल्गुन ३ दाङ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी दाङ ले प्रथम अन्तर मा बि नगर
स्तरीय बक्तृत्वकला प्रतियोगिता गरेको छ ।
पुजि र प्रतिभा पलायनको समस्या र समाधान विषयक नगर स्तरीय अन्तर मावि वक्तित्वकला प्रतियोगिता गरेको हो ।
सो प्रतियोगितामा मेरि गोल्ड इङ्गलिस बोर्डिङ स्कुल की बिभिषा केसि प्रथम, ज्ञानज्योति मावी का छात्र बिनोद के सि द्वितीय तुलसी मा वि कि छात्रा कृष्टिना बुढाथोकी तृतीय र गुरुजजुर नमूना माबी कि सलिना वलि सान्त्वना भएकि छन् ।
बिजेताहरु लाइ संगठनले प्रथम पुरस्कार नगद १५००० हजार प्रमाणपत्र र ट्रफी दृतीय पुरस्कार नगद १०००० हजार प्रमाणपत्र र ट्रफी तृतीय पुरस्कार नगद ५००० हजार प्रमाणपत्र र ट्रफी र सान्त्वना पुरस्कार नगद २५०० दुइ हजार पाँच सय र प्रमाणपत्र सहित सम्मान गरेको बताइएको छ।
संगठनको मिसन everyday अभियान अन्तर्गत यो कार्यक्रम गरिएको र आगामी दिनमा यस्ता रचनात्मक सिर्जनशील कामहरू भइरहने अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश संयोजक नवीन खडकाले बताउनु भएको छ। माबी सेन्टरमा भएको कार्यक्रममा नगर भित्रका १८ ओटा विद्यालयले सहभागीता जनाएका थिए।
अखिल क्रान्तिकारीकि लुम्बिनी प्रदेश सहसयोजक इन्दु ओलिको अध्यक्षता एवंम अखिल क्रान्तिकारी प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य दिपक बिष्ट को प्रमुख आतिथ्यता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश संयोजक श्याम बहादुर बोहरा (अटल) को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्कृत बिश्वबिद्धालय महेन्द्र बहुमुखी क्याम्पस घोराही शिक्षा बिकास तथा समुन्व्य इकाई युवा खेलकुद शिक्षा शाखा तुलसीपुर जिल्ला प्याप्सन एन प्याप्सनका प्रतिनिधिहरु तथा विभिन्न विद्यालयका प्र अ प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश संयोजक नवीन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी नवलपरासी सयोजक सन्देश सापकोटले गरेका थिए ।
लेखकको सम्वन्धमा