मेरो नेताको कबुल

मेरो नेताको कबुल

कविता

मैले धेरै दुख र संघर्ष गरेर
जिवनमा सवल संगठन बनाएको छु
नपत्याए राजधानीमा बनेको
मेरो आलिसान बङ्गला र मोज मस्ती हेर।

मैले नेता बनेपछि भुक्के चप्पल
रुपान्तरण गरेर पेलुवाको
छाला जुत्ता बनाएको छु
नपत्याए मैले सम्बोधन गर्ने हरेक कार्यक्रममा
लगाएका टल्कने लाखका जुत्ता हेर।

मैले सर्बहारा बर्ग
किसान, मजदुर र भोकाहरुको
नेतृत्व गरेकोछु
नपत्याए मेरो सुरक्षार्थ अघिपछि कुद्ने
बन्दुकका लावा लस्कर हेर।

मैले भन्ने गरेको छु
अब गणतान्त्रिक नेपालमा
कोहि भोक र रोगले मर्दैन
नपत्याए मेरो भान्सामा चौरासी ब्यन्जन
र मेरो अर्बौ उपचार खर्च हेर।

म चुनाव यश कारण जित्छु कि
संगठनको काम रत्तिभर गरेको छैन
बिदेशीले मलाई खरीद गरेको रकम कति
नपत्याए मेरो लावाइ खवाइ
र ईन्डियाले मलाई दिएको मान सम्मान हेर।

म झापा संघर्ष छोडेर भागेर रौतहट तिर गए
त्यहा पक्राउ परेर जेल पर्दा के नै भयो
नपत्याए जेलमा सोधपुछ गर
मुसो जस्तै त्यहा चुपचाप हुन्थे
अहिले मेरा हरेक बोली उखान तुक्का हुदै
निमुखाका वाणी र कानुन बन्छन्
म आफै बनाउछु।

मैले गणतन्त्रको आन्दोलनलाई
बैल गाडामा चढेर
अमेरीका पुग्नु जस्तै भनेर
आन्दोलनको बेला कम खिल्ली उडाए
नपत्याए अहिले त्यस्को स्वाद
मलाई भन्दा अरु कस्लाइ थाहा छ ?

म त्यो कम्युनिस्ट हु साथीहरू
लाल सलाम भन्न लाज लाग्छ
आज सम्म न बिचार न सिद्धान्त
मलाई त्यस्तो केहि ज्ञान छैन
चटकी जस्तो भिड जम्मा गर्न
उखान तुक्का नै काफी छ मलाई ।

मैले चाहेको हरेक पद र पावर प्राप्त गर्छु
किनकी मेरो हतियार नै षड्यन्त्र हो
मलाई छुने आट गरे
मलाई धपाउने चेस्टा गरे
मैले बनाएको होइन के छ
सबै भत्याङ्ग भुतुङ्ग पारेर छोड्छु
राजनेता महानायक भएर
नाम राम्रो राख्न सकिन भने
म जंग बहादुर र हिटलरको बाटो
समाएर ब्यवस्था नै ध्वस्त पारिदिन्छु
खलनायकको नाम त रहन्छ
आखिर इतिहासमा नाम न लेखिनु हो।

कस्तो लाई नेता बनाएको
ए ! अगुवा हो ?
अब यस्ता चटकीहरु
अब आउदा दिनमा
यस्ता भस्मासुरहरु
नेता बनायौ भने
उ संगै तिमिहरु पनि सकिने छौ
उ संगै इतिहासले तिमिलाई पनि
दुत्कार्ने छ
होसियार सिनो खाने स्याललाइ
नेता बनाउने चेष्टा नगर
नेता त भोकै हुदा पनि धास नखाने
बाध जस्तो दृढ़ हुनुपर्छ।

✍️ कवि देवराज कार्की ” मिलन”
०७७/१०/२०

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज