एकतावादी एमाले नेताहरुलाई युवराज संग्रौलाले दिए नाटक बन्द गर्न सुझाव ( हेर्नुहोस्,पुरा वक्तव्य )
भदौ ०६, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले एकतावादी एमाले नेताहरुलाई नाटक बन्द गर्न सुझाव दिएका छन । एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको भन्दै अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव दिएका छन् ।
कुनै समय एमालेको केन्द्रीय विभाग र झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहिसकेका संग्रौला पछिल्लो समय देशभक्तिपूर्ण अभियन्ताका रूपमा क्रियाशील छन् ।
संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको दावी गरेका छन् ।

संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउनेमात्र हुने बताएका छन् ।
उनले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुनेमात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह गरेका छन् ।
संग्रौलाले यो समूह माधव नेपालको पार्टीमा गए पनि अर्को गुट बन्ने र एमालेमा जाँदा पनि समस्या नै सिर्जना गर्ने भन्दै उनीहरूको हैसियत बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले प्रश्न गरेका छन्, एमाले ब्रान्ड हो वा विचारहरू ब्रान्ड हो भने के को अल्टिमेटम रु, खुरुक्क नेपाल खनाल छोड्नु होस् । तपाईंको विचार मिल्दैन भने ओली छोड्नुहोस् । देश संकटमा भएका बेला नागरिकलाई सहयोग गर्नुहोस् । तर तेस्रो होइन तपाईंहरू आफ्ना स्वार्थसिद्ध गर्न राजनीति झन्(झन् गिजोल्दै हुनुहुन्छ । अब तपाईंका हातमा केही छैन ।’
यस्तो छ, संग्रौलाको पुरा वक्तव्य :
एकतावादी तटस्थवादी
उहाँहरुले नाटक बन्द गरे हुने।
जता मन लाग्छ तेता जानुहोस्, नाटक बन्द गर्नुहोस्। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा विकास होस् भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चहेका हुन जनताले। एमाले फुट्यो, मानिसहरुले नचाहँदै पनि। यो फुट्नुमा अहिले तटस्थवादीहुनेको भूमिका सानो छैन।
स्वयम तपाईँहरुलाई थाह छ। तर तपाईँको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोलि पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षाको बार्गेनिङ१ थोरै, यो जनता र देशका लागि हो१
१। हिजो पार्टी फुटाउन प्रेरित गर्ने, बुढा नेतालाई हौस्याउने तपाईंहरु होइनरु नेपाल(खानालले ठिक गरे गरेनन् इतिहासले मुल्यांकन गर्छ। उनीहरुले गलत गरेको लाग्छ भने तपाईँहरु चुपचाप एमालेमा बस्नुहोस् न। के तपाईँहरुलाई नेपाल खनालले धम्क्याएरु त्यसो हो भने पुलिसमा जाहेरी दिनुहोस्।

२।थाहा छ तपाईँहरुले आफ्नो हैसियत के बनाउनु भयोरु अब एमालेमा जाँदा पनि गुट यथाबत रहन्छ तपाईंका कारणले। तपाईँहरु अर्कोतिर जानुभयो भने पनि गुट बन्छ। तपाईंहरुको हैसियत त बच्चा जन्मिदासँगै निस्कने सालको जस्तो भयो। कहिले कहिले बच्चा जन्मेपछि यस्ले ननिक्लिए आमा मार्छ। तर निक्लिए पनि यो फ्याँकिन्छ। तपाईँहरु बच्चा होइन साल बन्नु भो।
३। नेपाल(खनालको मुल्यांकन इतिहासले गर्छ। ओलिको मुल्यांकन पनि इतिहासले गर्छ। इतिहास नियन्त्रणमा राख्ने ताकतवर ऐले सम्म देखिएको छैन संसारमा। कम्तीमा राम्रो नराम्रो जे भए पनी उनीहरुमा निर्णय गर्ने आँट त रहेछ। जे गरे गरे। तर विचारका कुरा होइन रहेछ्नी तपाईँहरुको१ एउटा उत्तर दिनुहोस एमाले ब्रान्ड हो वा विचाररु ब्रान्ड हो भने के को अल्टिमेटम, खुरुक्क नेपाल खनाल छोड्नु होस्। तपाईँको विचार मिल्दैन भने ओलि छोड्नुहोस्। देश संकटमा भएकाबेला नागरिकलाई सहयोग गर्नुहोस्। तर त्यसो होइन तपाईँहरु आफना स्वार्थ सिद्ध गर्न राजनीति झन झन गीजोल्दै हुनुहुन्छ। अब तपाईँका हातमा केही छैन।
यो बिग्रेको राजनीतिलाई बिर्सेर बसेको मलाइ तपाईंका वाइयात राजनीतिको बारेमा पत्र पत्रिका सामाजिक सञ्जाल र टिभी हेर्दा दिक्क लाग्यो।अब त सकियो कि भनेको फेरि अल्टिमेटम आएछ।
तपाईँहरु ठिक अरु गलत छ्न् भने बोल्सेभिक बनेर देखाउनु होस् न। के प्रष्ट भएको छ भने तपाईँहरु बाहिर देखिएजस्तो ओज भएको भोलि देश चलाउने नेता भएको मानिस होइन।तपाईंहरु बुढाहरुका काँध बसेर गोजीमा लुकेर मन्त्री हुनेहरु हो। देशको राजनीति अझै नगीजोल्नुहोस्।

(यो सामग्री युवराज संग्रौलाको फेसबुक पेजबाट साभार गरिएको हो ।)







प्रतिकृया दिनुहोस्