May 4, 2026, Monday
२०८३ बैशाख २१, सोमबार
सल्यानमा भेरी नदीमा बग्दै गरेको अवस्थामा भेटियो बेवारिसे लास

सल्यानमा भेरी नदीमा बग्दै गरेको अवस्थामा भेटियो बेवारिसे लास

दुर्गा विसि / श्रावण २९, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ भेरी नदीकाे बाँगीरहमा बेवारिसे लास फेला परेको छ ।

शुक्रवार दिउँसो २ बजेकाे समयमा भेरी नदीमा लास बगिरहेको देखेपछि स्थानीयले प्रहरी खबर गरेका थिए । स्थानीयको खबर पछि प्रहरी टाेली उक्त स्थानमा पुगेको थियो ।

बनगाड कुपिन्डे नगरपालिका वडा नं. १ काे भेरी नदीकाे बाँगीरह नजिकै लास तैरिरहेको अवस्था फेला परेको जनाएको छ ।

उक्त लास दुई हप्ता अघिकै भेरीमा बगेकाे अनुमान गरिएको छ ।लास सडिसकेकाेले पहिचान हुन नसकेको र उक्त लास पाेष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

उक्त लास भेरीले माथिल्लो भागबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज