सल्यानमा शारदा नदीले मिनि ट्रक बगायो
साउन २८, सल्यान । सल्यानको बागचौर – कोटमौला सडकखण्डमा शारदा नदीले मिनिट्रक बगाएको छ । बिहीवार सल्यानको थारमारे- बागचौर हुदै कोटमौला तर्फ जाँदै गरेको रा १ ख २२१९ नंबरको खाली मिनिट्रक शारदा खोला पार गर्ने क्रममा नदीमा आएको बाढीले बगाएको हो ।

बानपा ८ निवासी चालक टेक बहादुर केसीले चलाएको उक्त मिनि ट्रकलाई नदी पार गर्ने क्रममा नदीमा एक्कासि बढेको पानीको बहाबले करिब ५/६ मिटर तल पुर्याइएको र अहिले जेसेबिको सहायताले ट्रकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए ।

नदीले ट्रक पल्टाएपछी चालक र सह चालकको सकुशल उद्धार गरिएको थियो भने उक्त मिनि ट्रक उद्धारको लागी जेसिबी आइपुग्दासम्म ट्रक नबगोस भनेर डोरीको सहायताले रुखमा बाधेर अड्याइएको थियो ।

उक्त सडकखण्डमा नदीपार गर्ने पक्की पुल नहुदा यात्रु र सवारीसाधनले सास्ती व्यहोर्दै आएका छन ।







प्रतिकृया दिनुहोस्