September 26, 2026, Saturday
२०८३ आश्विन १०, शनिबार
निधन भयो भनेर सामाजिक संजालमा भाईरल विजय शाही भेटिए यस्तो अवस्थामा

निधन भयो भनेर सामाजिक संजालमा भाईरल विजय शाही भेटिए यस्तो अवस्थामा

साउन १२, काठमाडौं । तिक्ष्ण स्मरणशक्ति भएको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यू भएको भनेर सामाजिक सञ्जालमा भाइरल बनेको खबर झुटो पुष्टि भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं। ५ स्थित घरमा आइसकेका छन् ।

उनि घरमै आराम गरिरहेको बताइएको छ । शाहीको निधन भएको खबर सामाजिक संजालमा भाईरल भएको छ ।