May 3, 2026, Sunday
२०८३ बैशाख २१, सोमबार
पूर्वमन्त्री प्रेम आले सहित ओली पक्षिय यि सांसदहरुले गरे फ्लोरक्रस

पूर्वमन्त्री प्रेम आले सहित ओली पक्षिय यि सांसदहरुले गरे फ्लोरक्रस

साउन ०३, काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

त्यस्तै डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।

त्यस्तै विश्वासको मत दिनेमा ओली पक्षकी कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, हिराचन्द्र केसीले देउवालाई विश्वासको मत दिएका हुन्।

एमाले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालले देउवालाई विश्वासको मत दिएका छन्।

केहीबेर अघि देउवाले विश्वासको मत लिनेक्रममा नेपालले देउवालाई विश्वासको मत दिएका हुन्। विश्वासको मत दिनेमा नेपालसहित उनी पक्षका अन्य नेताहरु पनि छन्।

उनीहरुको विवरण आइसकेको छैन। तर नेपाल पक्षबाट कार्यदलका पूर्वसदस्यहरुसहित अन्य केही सदस्यहरु भने तटस्थ बस्ने निर्णयमा पुगेका छन्। ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिनेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरु थपिनेक्रम जारी छ।

केहीबेरमै मतगणनाको अन्तिम परिणाम आउँदैछ।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज