September 26, 2026, Saturday
२०८३ आश्विन १०, शनिबार
एमाले नेता मेटमणि चौधरीले दिए विवादास्पद अभिव्यक्ति दिने नरोत्तम वैद्यलाई धन्यवाद

एमाले नेता मेटमणि चौधरीले दिए विवादास्पद अभिव्यक्ति दिने नरोत्तम वैद्यलाई धन्यवाद

काठमाडौं, जेठ २९ । नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्तिप्रति समर्थन जनाएका छन्।

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

यसविरुद्ध चौतर्फी आलोचना भइरहेका बेला एमाले केन्द्रीय सदस्य चौधरीले भने वैद्यको प्रशंसा गरेका हुन्। नरोत्तम वैद्यको अभिव्यक्तिबारे चौधरीको भनाइ जस्ताको तस्तै :

‘माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो। नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोस्टमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तीतो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु।

यसैले उहाँले न माफी माग्नुपर्छ न त पश्चाताप! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौं। अदालतले बेठीक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने विषमा प्रतिबद्धता जाहेर गरौं। अतः अब जनताहरूका मनोविज्ञान बुझौं, सोअनुसारको व्यवहार र आचारण देखाऔं। जनताहरूका मन जितौं, गुमेको साख उठाऔं। कसैसँग बदलाको भाव नराखौं। यसैमा हामी सबैको कल्याण हुन्छ।

उनले भनेका छन्, माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो। नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोस्टमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तीतो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु।