फेरि केपी ओली नै प्रधानमन्त्री बन्ने भएपछि बाबुरामले गरे यस्तो ट्विट
वैशाख ३०, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् ।

उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छ्न् ।
भट्टराईले राष्ट्रपतिले दिएको समयसिमा घर्किनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै अदालत, मिडिया, संसद र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने र सबैले आत्मसमिक्षण गर्नुपर्ने बताएका हुन् ।

उनले ओली सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा सावित भएको आरोप लगाएका छन् ।
यस्तो छ उनको प्रतिक्रिया :
जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!








प्रतिकृया दिनुहोस्