प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका नेपालले दिए स्पष्टिकरण : ३ पेज लामो पत्रमा के छ ?
वैशाख २७, काठमाडौं । प्रधानमंत्रीलाई बिस्वासको मत नदिएपछि नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्पस्टिकरण दिएका छन् । नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको प्रष्टीकरण दिएका छन् ।

नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।
नेपालले आफूहरुको यो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो भन्दै ओलीलाई विगतका गल्ति सच्याउन तथा पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न आग्रह गरेका छन् ।

नेपालले लुम्बिनी र गण्डकीमा एमालेका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान विपरित कार्य गरेको आरोप समेत लगाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले पार्टी ह्वीप उल्लंघन गरेका छन्।
उनीहरु आइतबार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतदानमा तटस्थ बसेका हुन् । यसअघि बिहानको आफ्नो बैठकको निर्णयका आधारमा उनीहरु अनुपस्थित भएका हुन्।
सांसद कलिला खातुन संसद पुगेर फर्किएकी थिइन्। पार्टी प्रमुख सचेतक डा. विशाल भट्टराईले सोमबारको संसदमा अनिर्वाय उपस्थित हुन ह्वीप जारी गरेका थिए।
पढ्नुहोस पूर्णपाठ :










प्रतिकृया दिनुहोस्