September 24, 2026, Thursday
२०८३ आश्विन ९, शुक्रबार
विस्वासको मत लिने दिनमै कमल थापाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा

विस्वासको मत लिने दिनमै कमल थापाले गरे प्रधानमन्त्री ओलीको प्रशंसा

वैशाख २७, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन । सोमबार सामाजिक संजाल मार्फत टिप्पणी गर्दै उनले लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन र सिके राउतलाई मुलधारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले अनेक विवाद र असफलताका वावजुद ओलीले चुच्चे नक्सा र राउतलाई मुलधारमा ल्याएको दाबी गरेका छन् ।

संसदमा नाटकीय परिवर्तन नभए प्रधानमन्त्रीले बिश्वासको मत गुमाउने समेत उनले स्पष्ट पारेका छन्।

उनी लेख्छन – “आजै राजीनामा आउला। फेरि केपी शर्मा ओली प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद असफलताका वावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।”