April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ओलीलाई दिएको अल्टिमेटम सकियो, यस्तो छ – नेपाल पक्षको अबको तयारी

ओलीलाई दिएको अल्टिमेटम सकियो, यस्तो छ – नेपाल पक्षको अबको तयारी

वैशाख २७, काठमाडौं । पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएको छ।

नेपाल पक्षले दिएको समयसीमाभित्र अध्यक्ष ओलीले थप कुनै सम्बोधन नगरेपछि नेपााल पक्षीय सांसदहरु सिंहदरवारमा जम्मा हुने भएका छन् । साँढे ९ बजेपछि बैठक बसेर कठोर निर्णय लिइने नेता योेगेश भट्टराईले बताएका छन् ।

यसअघि मध्यरातमा माधव नेपालले अ‍ोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे शर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए ।

अहिले कांग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।

आफ्ना माग सम्बोधन गर्न  नेपाल पक्षले ओलीलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । नेपाल पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको छ ।