April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा माधब समुहको स्वतन्त्र उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा माधब समुहको स्वतन्त्र उम्मेदवारी दर्ता

वैशाख २४, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

देवकोटाले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

नेपाल पक्षका देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए । त्यस्तै नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए। उम्मेद्वारी दर्ता गराउन बादल पनि हेटौडा तर्फ प्रस्थान गरेका छन् ।