April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
‘माधब – रावल’ सुटुक्क देउवा निवासमा, के बिषयमा हुदैछ, छलफल ?

‘माधब – रावल’ सुटुक्क देउवा निवासमा, के बिषयमा हुदैछ, छलफल ?

वैशाख २३, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच अहिले संवाद भइहरेको छ। स्रोतका अनुसार बुढानिलकण्ठस्थित देउवाको निवासमा उनीहरुबीच संवाद भइरहेको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित देउवासँग छलफल गरेको भोलीपल्ट नेता माधवकुमार नेपाल देउवा निवास पुगेका हुन् । नेपाल र देउवाबीच पौने ६ बजेदेखि वार्ता जारी छ।

काँग्रेससभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच जारी वार्तामा एमाले नेता भीम रावल पनि पुगेका छन्। बुढालनिखण्ठमा जारी वार्तामा नेता रावल मिसिएका हुन्। संसदमा विश्वासको मत लिने ओलीको निर्णय र अहिले मन्त्रिपरिद् बैठक जारी रहेका बेला देउवालाई भेट्न क्रमशः नेपाल र रावल पुगेका हुन्।

यता ओली भने अहिले मन्त्रिपरिषद् बैठकमा छन्। उनले आगामी वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपनि त्यसको महोल नमिल्ने देखेपछि संसद अधिवेश नै पर धकल्ने तयारी भइरहेको अड्कलबाजी भइरहेको बेला एमाले नेता नेपाल देउवासँग छलफल गर्न बिहीबार साँझ बुढानिलकण्ठ पुगेका हुन् । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।