अविश्वासको प्रस्ताव फेल हुने भएपछि सभामुख द्वारा गण्डकी प्रदेश सभाको बैठक स्थगित
बैशाख १५, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताव फेल हुने भए पछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चतकाल सम्मको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा आजै मतदान गराउने गरी कार्यसूची बनाएका सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्ताव फेल हुने संकेत पाएपछि विशेष अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गर्नुभएको हो ।
अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने विश्वास गरिएका जनमोर्चाका १ जना सांसद अनुपस्थित भएपछि अनिश्चितकालसम्मका लागि विशेष अधिवेशन स्थगित भएको हो ।

अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको बेलामा सभामुखले दिउसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यतिबेलासम्म २ जना सांसद अनुपस्थित रहेको हल्ला चलिसकेको थियो ।
त्यसपछि अर्काे बैठक नै नबसी सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिइएको छ । त्यो सूचनामा अर्काे बैठक कहिले भन्ने केही उल्लेख छैन । “जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाँउ भन्दै निवेदन दिएपछि गण्डकी प्रदेशको विशेष अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ, सुचनामा भनिएको छ ।”

गण्डकी प्रदेशको विशेष अधिवेशनमा अनुपस्थित सांसद खिमविक्रम शाही भने पोखराको चरक मेमोरियल हस्पिटलमा भर्ना भएको पाइएको छ । अस्पताल उच्चश्रोतले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण भएको छ ।
अविश्वास प्रस्ताव फेल हुने भए पछि सभामुख नेत्रनाथ अधिकारीले राजनितिक पूर्वाग्राही ढंग बाट प्रदेश सभा स्थगित गरेको नेकपा एमाले सांसद कृष्ण थापाले बताउनुभयो । उहाँले संसदको मर्म र मान्यता विपरित बेइमानी रुपमा सभामुखले कार्यव्यवस्था परामर्श समिति सँग सल्लाहनै नगरि बैठक स्थगित गरेको बताए ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने तालिका थियो । मुख्यमन्त्री विरुद्ध माओवादी, कांग्रेस, जसपा र राजमोले अविस्वासको प्रस्ताव ल्याएका थिए तर, राजमोका सांसद शा नआए नआएपछी मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुने अंकगणित थियो ।
मतदानको समयसम्म राजमोका सांसद शाही बैठकमा नआए अविश्वास प्रस्ताव ल्याएका दलको पक्षमा ३० मत मात्रै हुन्थ्यो भने अविश्वास प्रस्ताव पास गर्न ३१ मत आवश्यक हुन्छ ।

















प्रतिकृया दिनुहोस्