June 24, 2026, Wednesday
२०८३ असार १०, बुधबार
सल्यानमा माधब समुहले युवा संगठनको समानान्तर कमिटी बनायो, अध्यक्षमा श्रेष्ठ

सल्यानमा माधब समुहले युवा संगठनको समानान्तर कमिटी बनायो, अध्यक्षमा श्रेष्ठ

सल्यान २९, चैत । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा वली सँग असन्तुष्ट गरेको माधब नेपाल पक्षीय समुहले सल्यानमा पनि आफ्नो भातृसंगठन युवा संघ नेपालको समानान्तर कमिटी गठन गरेको छ ।

शनिवार जिल्लाको शारदा नगरपालिका ६ वरलामा आयोजित एक सम्मेलन बाट न्युटन श्रेष्ठको अध्यक्षतामा जिल्लामा १२५ सदस्यीय समानान्तर युवा संघ जिल्ला कमिटी घोषणा गरिएको हो ।

समानान्तर युवा संगठनको उपाध्यक्षमा सुरेश बोहरा, सचिवमा शिवराज अधिकारी, सहसचिवमा बम बहादुर गाहा र कोषाध्यक्षमा सुरेन्द्र चन्द चयन भएको छन ।