April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
नेपाल राष्ट्रिय शिक्षक संगठन बागचौरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक बस्नेत चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन बागचौरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक बस्नेत चयन

चैत २९, सल्यान । सल्यानकाे बागचौर नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिबेशन बाट संगठनको बागचौर नगर कार्यसमिति अध्यक्षमा दिपक बस्नेत सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै संगठनको उपाध्यक्षमा नारायण बस्नेत, महिला उपाध्यक्षमा भीमा कुमारी घर्ति, सचिवमा रुपलाल भण्डारी, सह-सचिवमा मिना के सी, कोषाध्यक्षमा ठाकुर प्रसाद बस्नेत, सह- कोषाध्यक्षमा बिमला शर्मा गरि २८ सदस्य समिति गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला इन्चार्ज एवं कर्णाली प्रदेश सदस्य चक्रपाणी गौतम, संगठनका जिल्ला समिति सदस्य लोकानन्द गौतम, दिपेन्द्र कुमार वली, टंक भण्डारी, पूर्व जिल्ला समिति सदस्य पूर्ण बहादुर डि सी, बिष्णु प्रसाद अधिकारी र शिक्षक महासंघ बागचौर नगर समितिका सह-अध्यक्ष शिवराज डाँगी लगाएत बक्ताले धारणा राखेका थिए।

कार्यक्रममा बागचौर नगरपालिका भित्रका करिब १ सय बढि शिक्षिकहरूकाे उपस्थिति रहेको थियो । संगठनका नगर अध्यक्ष शिव राज ओलीको सभा-अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिपक बस्नेतले कार्यक्रमको सञ्चालन गरेको जनाएको छ।