May 2, 2026, Saturday
२०८३ बैशाख १९, शनिबार
सल्यानमा पाठेघर खस्ने समस्या भएका २५ जना महिलाको निशुल्क शल्यक्रिया

सल्यानमा पाठेघर खस्ने समस्या भएका २५ जना महिलाको निशुल्क शल्यक्रिया

चैत ०६, सल्यान । सल्यानमा पाठेघर खस्ने समस्या भएका २५ जनाको निशुल्क शल्यक्रिया सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार समाजिक बिकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आर्थिक सहयोग, कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लाको आयोजना तथा स्वास्थ सेवा कार्यालय सल्यानको समन्वय र व्यस्थापनमा फागुन २६ गतेदेखि जिल्ला अस्पताल सल्यानमा जारी शिविरमा उनिहरूको शल्यक्रिया गरिएको हो ।

 

शल्यक्रिया गरीएका २५ जनामध्ये ४ जनाको दोस्रो पटक र २१ जनाको पहिलो पटक पाठेघर खस्ने समस्याको शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न डा. सुबि बस्न्यातले बताउनु भयो ।

सानै उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउने, परम्परागत तरिकाले घरमै सुत्केरी हुने, आराम नगर्ने, पाठेघरमा समस्या आउदा पनि लाजले समस्या लुकाइराख्ने हुनाले पाठेघर खस्ने समस्या आउने गरेको उहाँको भनाइ छ ।

शल्यक्रिया गरिएका मध्ये ५० देखी ७५ बर्ष सम्मका महिलाहरु रहेका छन । निशुल्क शिविर भोलिसम्म जारी रहने बताइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज