September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
गजल : घमण्ड गर्नु पुर्ब यो कुरा सम्झिनु पर्छ

गजल : घमण्ड गर्नु पुर्ब यो कुरा सम्झिनु पर्छ

गजल

घमण्ड गर्नु पुर्ब यो कुरा सम्झिनु पर्छ।
हामी अन्ततः माटो संग मिसिनु पर्छ।

प्रगती गर्नुको पनि निस्चित दायरा हुन्छ,
धेरै फलेको हाँगा एकदिन भाँचिनु पर्छ।

अरुलाई पीडा दिनु आँफु पिडित हुनु हो,
मैन जलाउने काँटी पहिला सकिनु पर्छ।

सुन्दर जीवन बनाउन चोट सहनु पर्दछ,
जस्तो कि ढुङ्गा मुर्ती बन्न धेरै कुटिनु पर्छ।

छोराले झिलिङ्गा खेलाउछ खेलाईरहोस,
यस्ले पोल्छ भन्ने चेतना हुन पोलिनुपर्छ।

©डिल्ली राज केसी

सल्यान