September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
गजल : पशु जस्तो व्यबहार हाम्लाई गर्छ्न मेरी आमा

गजल : पशु जस्तो व्यबहार हाम्लाई गर्छ्न मेरी आमा

गजल

पशु जस्तो व्यबहार हाम्लाइ गर्छन मेरी आमा

त्यति बेला तप्प आँसु झर्छ्न मेरी आमा

खाडी रास्ट्र कतारमा तातो घामले पोल्दा

यी पाखुरा सोह्र घण्टा डर्छ्न मेरी आमा

ऋणको भारी अलि हल्का पार्न नसकेमा

मनका इच्छा अलि पर सर्छ्न मेरी आमा

कमाइ फले ठिकै होला फलेना छ भने

पहिले भन्दा साहु महाजन बर्छ्न मेरी आमा

ढले भने तातो हावा खप्ण नसकेर

हाम्रा सुख त्यतिकैमा टर्छ्न मेरी आमा

सात समुन्द्र पार गर्दा कर्जा नघटेमा

सुख खोज्ने आशाहरु मर्छ्न मेरी आमा ।

©इन्द्र भण्डारी ‘अंकित’

सल्यान 

अंकित,नगर साहित्य परिषद बागचौर सल्यानका अध्यक्ष हुनुन्छ।