September 27, 2026, Sunday
२०८३ आश्विन १२, सोमबार
भेरी नदिमा गाडी खस्दा दाङका एक जनाको मृत्यु , एक सल्यानी घाइते, एक बेपत्ता

भेरी नदिमा गाडी खस्दा दाङका एक जनाको मृत्यु , एक सल्यानी घाइते, एक बेपत्ता

पौष २३, सुर्खेत । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा भेरी नदिमा खसेको छ। गाडी नदिमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली छन्।

त्यस्तै घटनामा कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका दीपक भनिने ईश्वर सुनार घाइते भएका छन्। उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै गाडी खस्दा एक जना बेपत्ता भएका छन्। उनको विवरण खुलेको छैन। घाइतेका अनुसार बसमा तीन जना मात्रै सवार रहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए। बस दाङबाट रिजर्बमा सल्यान जान लागेको थियो। घटनाको थप विवरण आउन बाँकी छ। तीखो खबर बाट साभार ।