June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
भिम रावलले ३० लाख हिनामिना गरेको आरोप, केपी समूह द्वारा कारवाहीको सिफारिस

भिम रावलले ३० लाख हिनामिना गरेको आरोप, केपी समूह द्वारा कारवाहीको सिफारिस

पौष २३, काठमाडौं । नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।’ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

बैठकले यही पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा ल्याएर धनगढीमा विशाल कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।