गजल:बिदाईका हात हल्लाए बाले आगन बाट
गजल
बिदाईका हात हल्लाए बाले आगन बाट
मैले तप्प आँसु खसाले दुइ नयन बाट
जब म अरब को जहाज मा चड्दै थिए
रोएको आवाज आयो प्यारिको वदन बाट
भाउजू को हासो खुसी सब थोक हरायो
कफनमा लास आयो दाजुको पल्टन बाट
आफन्त बाट नै बाच्न मुस्किल भयो यहाँ
बरु बाच्न सजिलो भै दियो दुश्मन बाट
एउटा कुरा यो बुझिराख्नु होस महोदय
बिचार कहाँ निस्तेज हुन्छन दमन बाट
©YB GM
कुमाख गाउँपालिका ५ सल्यानका वाइ बि जिएम हाल शिद्दार्थ नमुना मा बि रोल्पामा कार्यरत हुनुन्छ।













प्रतिकृया दिनुहोस्