बाबुरामका स्वकीय सचीवको प्रस्ताव – ‘पप्पु’लाई पार्टीको साधारण सदस्य बाटै हटाऔं
मंसिर १२, सल्यान । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका स्वकीय सचीव तथा जसपाका युवा नेता विश्वदिप पाण्डेले पप्पु कन्ट्रक्सन लाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाउनुपर्ने बताएका छन ।
शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत उनले पुप्पु कन्ट्रक्सन ( हरिनारायणप्रसाद साह रौनियार) लाई अव्यवसायिक र नैतिकता नभएको भन्दै पार्टीको जिम्मेवार पदबाट मात्र नभई साधारण सदस्य समेतबाट हटाउनुपर्ने बताएका हुन ।
साथै आउने चुनावमा त्यस्ता पात्रहरू जो कोही भए पनि उनिहरूलाई पार्टीले टिकट दिन नहुने उनको भनाइ छ । उनले लेखेका छन – ” म त बोल्छु – पप्पु कन्स्ट्रक्सन जस्ता अव्यावसायिक र नैतिकता नभएकाहरुलाई पार्टीको जिम्मेवार पदबाट मात्रै होइन साधारण सदस्य समेतबाट हटाउनुपर्छ । साथै आउने चुनावमा त्यस्ता पात्रहरू जो कोही भए पनि पार्टीले टिकट दिनु हुँदैन ।”
को हुन , (पप्पु) हरिनारायण प्रसाद साह रौनियार ?
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियार निर्वाचित हुनुपूर्व पम्पु कन्सट्रक्सनका संस्थापक थिए ।
२०७५ सालमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभाका सांसद तथा पप्पु कन्सट्रक्सनका संस्थापक रौनियारवि’रुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मु’द्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरु’द्ध विशेष अदालतमा मु’द्दा दायर गरेपछी उनि स्वत : निलम्बनमा परेका थिए ।
पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा उचाइको सम्बन्धमा देखिएको गम्भीर लापरबाही स्वीकार गरी गुपचुपरुपमा कार्य गरेको देखिएकाले उक्त कार्यमा संलग्न निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको थियो।
पुल निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सन प्रालिको तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरु’द्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गर्दै मु’द्दा दायर गरेको थियो ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्यसमेत रहेका सांसद रौनियारमाथि समितिकै सदस्यहरुले समेत प्रश्न उठाएका थिए। रौतहटको टिकुलीया घाटस्थित लालबकैया नदीमा निर्माणाधीन पुलको पिल्लरमा ठोकिएर डुंगा दु र्घटना भएपछि सो कन्ट्रक्सनका सञ्चालकमाथि कार’बाहीको माग गरिएको थियो ।
यस बाहेक देशका विभिन्न ठुला निर्माण आयोजनाहरू हातपर्ने, निर्माण सम्पन्न नगरी अलपत्र पार्ने तथा गुणस्तरहिन काम गरेको भन्दै पप्पु कन्ट्रक्सनको सर्बत्र बदनामी र आलोचना भैरहन्छ । रौनियार अहिले पनि जसपाको नेतृत्व तहमै छन ।







प्रतिकृया दिनुहोस्