सल्यानका युवाले तुलसीपुरमा भेटाए रु. २ लाखको हस्तान्क्षर गरेको चेक
असोज २५, सल्यान । सल्यानका एक युवाले दाङको तुलसीपुरमा रु. २ लाखको हस्तान्क्षर गरेको चेक र कम्तिमा तीन लाख बराबरको आय व्यय हिसाब सहितको डायरी फेला पारेका छन ।
आईतबार, सल्यान दार्मा गाउँपालिका ४ का मान बहादुर देवकोटाले तुल्सीपुरको बानिज्य बैंकमा आफ्नो कामको शिलशिलामा गएको वेला दिपसन चन्द नाम गरेको व्यक्तीको नामका काटिएको ग्लोवल आईएमी वैंकको रु. २ लाखको चेक र हिसावकिताव गरेको डायरी फेला पारेका हुन ।
कसरी भेटे चेक ?
तुल्सीपुरमा बसेर जापानी भाषा अध्ययन गरिरहेका देवकोटा आईतबार शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय बाट पाईने एनओसी लेटरको लागी भौचर भर्न बानिज्य बैंकको तुल्सीपुर शाखामा गएका थिए । त्यहाँ एकजना वृद्ध व्यक्तिले उक्त डायरी ओछ्याएर भौचर भरिरहेका थिए ।
देवकोटाले पनि सोहि कापी ओच्छ्याएर भौचर भरे । त्यसपछि देवकोटाले उक्त कापी कसको हो भनेर फिर्ता गर्न खोजे तर कसैले पनि त्यो कापी आफ्नो भनेर लिएनन् । सायद त्यो डायरी चेकमा नाम गरेको व्यक्तीले भुलेर त्यहाँ छोडेको थिए होला । बैकमा भिडभाड थियो त्यसैले उनले त्यहान डायरी पल्टाएर हेरेनन् ।
त्यसपछि देवकोटाले सो कापी ल्याएर आफुले पढ्ने इस्टिच्युट – रिड मोर तुलसीपुरको अफिसमा फर्के र कापी खोलेर हेरे । कापी खोलेपछि थाहा भयो – त्यहाँ दिपसन चन्दको नाममा काटिएको ग्लोवल आईएमी वैंकको चेक पनि रहेछ । डायरीमा करिव ३ लाख रुपैया आय व्ययको हिसावकिताव पनि रहेको देवकोटाले नयाँ दृष्टिलाई बताए ।
उक्त चेक र डायरी आफुले आजै ग्लोवल आईएमी वैंकमा बुझाईदिन खोजेको तर वैंक बन्द भएकोले वुझाउन नसकेको उनको भनाई छ । रकम सहितको चेक भेटाएको सुचना उनले आफ्नो फेसवुक आईडी मार्फत पनी जानकारी गराएका छन भने सम्वन्धीत व्यक्तीसम्म खवर पुर्याईदिन र सम्पर्कमा आउन पनि उनले आग्रह गरेका छन ।
देवकोटाले सम्पर्कको लागी आफ्ना दुइ वटा मोबाइल नम्बर ( 9810874202 र 9866871217 ) पनि उपलब्ध गराएका छन् ।
२०७२ सालमा तत्कालीन विप्लव नेत्रृत्वको नेकपा माओबादी निकट अखिल (क्रान्तीकारी) जनज्योति मावि फारुलाचौरको अध्यक्ष भएर काम गरेका देवकोटा विभिन्न सामाजिक काममा पनि सक्रिय छन ।







प्रतिकृया दिनुहोस्