September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
मुक्तिनाथ बैंक बागचौर शाखामा जनपरिषद सल्यानले राखेको बाल्टीन ब’म नेपाली सेना द्वारा डिस्पोज

मुक्तिनाथ बैंक बागचौर शाखामा जनपरिषद सल्यानले राखेको बाल्टीन ब’म नेपाली सेना द्वारा डिस्पोज

साउन १, सल्यान । मुक्तिनाथ विकास बैंकको सल्यान स्थित थारमारे शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको बाल्टिन ब’म नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

सिमखर्क स्थित सबुज गणबाट घटनास्थल पुगेको सेनाको ब’म डिस्पोजल टोलीले उक्त बाल्टिन ब’म निष्क्रिय बनाएको सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । आसपासका क्षेत्र बिहानैदेखि सिल गरिएकोमा ब’म निष्क्रिय बनाएपछि स्थानीयलाई आउजाउ गर्न दिइएको प्रहरीले बताएको छ।

उक्त बाल्टिन ब’ममा जनपरिषद् सल्यानको नाममा पर्चा टाँसिएको थियो । कोरोना महामारी तथा लकडाउनका बेला बैंक तथा लघुवित्तले मनपरी ब्याज असुली गरेको, कोरोना महामारीमा पनि किसानलाई ऋण तिर्न बाध्य पारिएको, लकडाउनको उल्लङ्घन गरेको लगाएतका कुराहरु त्यसमा लेखिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिने जनाएको छ ।