सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाईते

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाईते

सल्यान/असोज-१९

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाईते भएका छ्न।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीबाट नेपालगञ्ज तर्क जाँदै गरेको लु .प्र.००१ ज ०८७८ नम्बरको फोर्स दुर्घटना सल्यानको सल्ली चौरजहारी सडकखण्ड अन्तर्गत कुमाख गाँपालिका-२ खारखोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटना परि घाइते हुनेमा रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ९ बस्ने बर्ष २१ वर्षीय रुपक डाँगी आठबिसकोट नगरपालिका १ बस्ने २८ वर्षीया सुनिता बुढा, सानीभेरी गाँउपालिका ८ बस्ने ४४ वर्षीया रती बुढाथोकी, जाजरकोटको बारेकोट गाउँपालिका ६ बस्ने २० वर्षीया बिमला नेपाली, सोही गाउँकी २० वर्षीया उजेरी सिंह, नलगाड नलगाड नगरपालिका १० निवासी २१ वर्षीया मिना सुनार घाईते भएका छन् ।

घाईते मध्य एक जनाको नामथर र ठेगाना खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको उद्धार गरी उपचारको लागी चौरजहारी मिसन अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।

गाडी सडकदेखि करिब १५० मिटर तल खसेको अस्थायी प्रहरी पोस्ट नेटाले बताएको छ।