चोरखोलामा बस र ट्रक ठोकिदा १ जनाको मृत्यु,११ जना घाइते

चोरखोलामा बस र ट्रक ठोकिदा १ जनाको मृत्यु,११ जना घाइते

लुम्बिनी/ असोज १६

भालुवाङ चन्द्रौटा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोलामा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन।

मृत्यु हुनेमा बस चालक ३४ वर्षीय सुमन खत्री रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शिवराज नगरपालिका-१ चोरखोला स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ना ६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशा तर्फ आँउदै गरेको लु २ ख २४७१ टिप्परलाई ओभरट्याग गर्ने क्रममा काठमाण्डौ देखि बर्दिया तर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस संग ट्रक ठक्कर खाँदा बस चालक बाँकेको खजुरा गाउँपालिका ५ बस्ने बर्ष ३४ को सुमन खत्रीको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परि घाइते हुनेहरूमा सल्यान जिल्ला शारदा नगरपालिका- १५ बस्ने बर्ष ३५ कि पार्वती बोहोरा, बाँके जिल्ला नेपालगंज २ बस्ने बर्ष १४ को सुसान्त श्रेष्ठ, दाङ जिल्ला राप्ती गा.पा- ३ बस्ने बर्ष ३४ को रिसमान थारु, बाँके जिल्ला गुलरिया गा.पा. ६ बस्ने बर्ष २१ को बिष्णु थारु, मुगु जिल्ला छायानाथ रारा न.पा.१२ बस्ने बर्ष १७ को अरुण बुढाथोकी रहेका प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै बाँके जिल्ला राप्ती सोनारी ६ बस्ने बर्ष १९ को सागर थारु, सोहि ठाउँ बस्ने ८ बस्ने बर्ष ३० कि तिलकुमारी खत्री, दाङ जिल्ला तुलसीपुर ९ बलुवा बस्ने बर्ष २१ कि सम्झना चुदारा, जाजरकोट जिल्ला छेडागार्ड ११ बस्ने बर्ष ४१ को दिपेन्द्र गिरी, बाँके जिल्ला खजुरा २ बस्ने बर्ष ४० को कृष्ण बहादुर भण्डारी र बाँके जिल्ला कोहलपुर ११ बस्ने बर्ष ४५ को गगन चुनारा रहेका छन् ।
ट्रक चालक मोरङ कानीपोखरी गाउँपालिका २ बस्ने बर्ष २४ को रुपेश धिमाल र आर्का चालक कपिलवस्तु बुद्धभुमी नगरपालिका ९ बस्ने बर्ष ३१ को संजय कुमार चौधरीलाइ प्रहरी नियन्त्रणमा लिएको छ।

दुर्घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।