रुपन्देही क्षेत्र न.१ बाट युवा क्लस्टरमा एरिक के.सि को उम्मेदवारी

रुपन्देही क्षेत्र न.१ बाट युवा क्लस्टरमा एरिक के.सि को उम्मेदवारी

लुम्बिनी/ असोज-१३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रुपन्देही क्षेत्र न. १ बाट ३५ वर्षमुनिको युवा क्लस्टर अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि एरिक के.सि ले उम्मेदवारी दिएका छन।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोटका लागि यतिबेला पार्टीको देशैभर अधिबेशन भइरहेको छ। सोही सन्दर्भमा विद्यार्थी उमेर देखिनै विद्यार्थीका शैक्षिक हक अधिकार र अन्यायका विरुद्ध सशक्त आवाज उठाउँदै आएका केसि ले नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन।

उनको उम्मेदवारी,उम्मेदवारीका लागि मात्र होइन जमिनबाट उठेको युवाको आवाजलाई केन्द्रीय तहसम्म पुर्‍याउने सपना भएको उनले बताएका छन।

समाज रुपान्तरण गर्ने जिबनको भारी उनले कलेजका गल्ली र
राजनीति संघर्षदेखि जिम्मेवारी सम्मका सबै अनुभवहरु बटुली सकेकोले अबको यात्रा १५ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए।

उनी भन्छन् नेतृत्व पदले होइन,मान्छेले मनमा कमाएको विश्वासले बन्छ एरिक युवा पुस्ताका आवाज र संघर्षको पहिचान हुन।