कोरोना संक्रमितको कुल संख्या आठ हजार ६ सय पाँच पुग्याे,हालसम्म एक हजार पाँच सय ७८ जना डिस्चार्ज भए
पछिल्लो २४ घन्टामा देशभर तीन सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परीक्षणमा तीन सय ३१ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिए ।
शनिबार, थप भएका संक्रमितमा दुई सय ८२ पुरुष र ४९ महिला रहेका छन् । गाैतमका अनुसार हालसम्म जम्मा संक्रमितकाे संख्या आठ हजार ६ सय पाँच पुगेकाे छ ।
त्यसैगरी यही अवधिमा देशभरिबाट १८ महिला र एक सय ५८ पुरुष गरी जम्मा एक सय ७६ जना डिस्चार्ज भएका छन् । गाैतमका अनुसार हालसम्म निकाे भएर डिस्चार्ज हुनेकाे संख्या एक हजार पाँच सय ७८ पुगेकाे छ ।
#कोरोना भाइरस











प्रतिकृया दिनुहोस्