बर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग दाङ सल्यान सडकखण्ड अवरुद्ध
असार १६,दाङ
बर्षाका कारण पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अबरुद्ध भएको छ ।
सोमबार दिनभरको वर्षाले सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
सडक अबरुद्ध भएपछि दाङ, सल्यान, रुकुम जोड्ने प्रमुख यातायात मार्गमा सवारी आवागमन ठप्प भएको छ ।
पहिरो हटाउन जेसिबी पठाइएको भए पनि कतिबेला सम्म सडक खुल्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन ।

प्रहरीले थप पहिरोको जोखिम पनि रहेकाले सडक सुचारु नभएसम्म यात्रामा ननिस्कन अनुरोध गरेको छ ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सल्यान प्रहरीले अनुरोध गरेको छ ।








लेखकको सम्वन्धमा