एसईई परिक्षा अब प्रदेशस्तरबाटै सञ्चालन हुने
काठमाडौ असार १४
माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बर्ष देखि प्रदेशस्तरबाटै सञ्चालन गर्ने सहमति भएको छ।
शनिवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो।
सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारका तर्फबाट यस्तो प्रस्ताव अघि सारेका थिए। मन्त्री पन्तले कुनै पनि तहले कुनै न कुनै परीक्षा लिइरहेकै कारण संविधानको भावनाअनुरूप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने प्रस्ताव राखे। उनले विद्यालय शिक्षाको गुणस्तर उकास्नका लागि पनि एसईई परीक्षा प्रदेशस्तरलाई सञ्चालन दिनुपर्ने बताए।
उक्त विधेयक पारित भएपछि एसईई परीक्षा राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू गर्ने सहमति भएको हो।


















लेखकको सम्वन्धमा