दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्ग भोलिदेखि दैनिक ६ घण्टा बन्द हुने

दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्ग भोलिदेखि दैनिक ६ घण्टा बन्द हुने

सल्यान जेठ ६

दाङ सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्ग भोलि देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत राम्री – कपुरकोट सडकखण्डको स्तरोन्नति गर्न भन्दै भोलि बुधवार देखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जेठ ७ गते देखि जेठ १३ गतेसम्म एक हप्ता बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म राजमार्ग बन्द गरिने छ । निर्माण कम्पनीले सवारी आवागमन बन्द गरी सहजीकरण गरी दिन आग्रह गरेपछि एक हप्ताका लागि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनु भयो ।

उक्त अवधिभर साना सवारी साधनहरूले वैकल्पिक सडक पैयाखोरिया–सातावास– किमचौर– कपुरकोट सडक प्रयोग गर्न आग्रह गरिएको पुनको भनाई छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज