सल्यानमा फागुन १ गते विप्लव र प्रचण्ड एउटै मन्चमा,बेपत्ता योद्धा विपिनको शालिकमा अनावरणगर्ने

सल्यानमा फागुन १ गते विप्लव र प्रचण्ड एउटै मन्चमा,बेपत्ता योद्धा विपिनको शालिकमा अनावरणगर्ने

सल्यान माघ,२८

सल्यानकाे बागचाैरमा पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सी आउने भएका छन् ।

जनयुद्धमा वेपत्ता पारिएका विपिन भण्डारीकाे सम्झनामा बनाइएकाे विपिन भण्डारीको शालिकमा अनावरण गर्न जनयुद्ध दिवसकाे अवसर पारेर फागुन १ गते दुवै नेताहरु बागचाैरमा आउन लागेको विप्लव नेतृत्वको नेकपा सल्यानले जनाएकाे छ।

साेमबार खलंगामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमकाे बारेमा विप्लव सी नेतृत्वको नेकपा सल्यानले जानकारी गराएकाे हाे ।
साथै कार्यक्रमलाइ भब्य र सभ्य बनाउन सो पार्टीले जिल्लाव्यापी रूपमा व्यापक प्रचारप्रसार गर्नु साथै सबै निकायहरुसँग छलफल र सहकार्य गर्ने नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज माेहलाल चन्द ‘आधार सी ले बताउनु भएको छ ।
उनका अनुसार प्रचण्ड र विप्लवले एउटै मन्चबाट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भने दुबै नेताले संयुक्त रुपमा विपिन भण्डारीको शालिक लगाएत जनयुद्धका सबै सहिदका सालिकमा अनावरण गर्ने छन् ।

तत्कालीन १० बर्से जनयुद्धकाे समयमा विपिन भण्डारीलाइ तत्कालिन शाही राज्य सत्ताले वेपत्ता बनाएकाे थियाे। अहिलेसम्म पनि उनि लगाएत थुप्रै बेपत्ता योद्धाहरुको कुनै अत्तोपत्तो छैन। स्वयम् जनयुद्धको नेतृत्वको गरेको पार्टी र नेतृत्व पटकपटक सत्तामा पुगिसकेको छ। तर आज पनि राज्य सत्ता बेखबर नै छ ।
उनैकाे सम्झनामा उनको परिवारले बागचाैरमा विपिन भण्डारी मेमोरियल पार्क बनाएकाे छ ।
उक्त पार्कमा दुबै पार्टीका शिर्ष नेता उपस्थिति रहेने र भब्य कार्यक्रम हुने बताइएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज