June 24, 2026, Wednesday
२०८३ असार ११, बिहीबार
दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको निधन

दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको निधन

दैलेख,२८ पौष ।

कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको निधन भएको छ । कार्यालयमा काम गरिरहेको समयमा उहाँलाई हृदयघात भएको थियो ।

भुजको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर सुनारले उपचारको क्रममा ५६ वर्षिय भुजको निधन भएको जानकारी दिनुभयो ।

कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आउनुभएको थियो ।