June 18, 2026, Thursday
२०८३ असार ४, बिहीबार
मकवानपुरमा भैँसीको आक्रमण बाट बाघको मृ’त्यु

मकवानपुरमा भैँसीको आक्रमण बाट बाघको मृ’त्यु

भुमप्रकाश भण्डारी

भाद्र ६, सल्यान

मकवानपुरको मनहरी गाउँपालिका–६ मा आक्रमण गर्न आएको बाघलाई भैसीले मारिदिएको छ ।मनहरी–६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ । सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बाघ बुढो भएकाले भैंसीसँग जुध्ने क्रममा मृत्यु भएको हुनसक्ने आशंका गरिएको भण्डारीले बताएका छन् । घटनाको विषयमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थल पुगेको थियो ।निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बुढो भएकाले भैंसीले हान्दा मृत्यु भएको देखिएको बताएको छ ।