August 27, 2026, Thursday
२०८३ भाद्र ११, बिहीबार
चर्चित कथा बाचिका देवी प्रतिभाको नेपाल बसाई लम्बियो, अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने

चर्चित कथा बाचिका देवी प्रतिभाको नेपाल बसाई लम्बियो, अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने

दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् ।

 

उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्ने आयोजकले जनाएका छन् ।

 

देवी प्रतिभा अहिलेकी व्यस्त कथा बाचिका मा पर्ने गर्छिन् । भारत मा झण्डै १ अरब ४२ करोड जनसंख्या छ । त्यो जनसंख्यामा देवी प्रतिभा चर्चित कथा बाचिका मा पर्ने गर्छिन् । उनका प्रायः कथा हिन्दीमा बाचन हुने गर्छन् तर उनी नेपालकी चेली हुन । अझ देवी प्रतिभालाई नेपालको एक गौरव हुन भन्दा पनि फरक नपर्ला जो नेपाली चेली भयर भारत मा यति धेरै चर्चा कमाइरहेकी छिन् ।