सल्यानमा लागूपदार्थ र लागू औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
असार २२, सल्यान। सल्यानमा लागूपदार्थ र लागू औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको शारदा नगरपालीको वडा ५ रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय पिपलनेटा र शारदा नगरपालीका वडा नं ८ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय मार्केमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियो।
नेपाल स्काउट कर्णाली प्रदेश कार्यालयको आयोजना, जिल्ला प्रहरी कार्यालय सल्यान र बास नेपाल जिल्ला शाखा सल्यानको सहकार्यमा सो कार्यक्रमा सम्पन्न भएको हो।
कार्यक्रम सहभागी विद्यार्थीहरुले लागूपदार्थ भनेको के हो र लागूपदार्थ प्रयोग, उत्पादन , सेवन गर्दा र कानुनी सजायको बारेमा आफुहरुलाइ जानकारी भएको बताए। कार्यक्रम बोल्दै विद्यार्थी निर्मल बिष्टले भने “अब धेरै कुरा थाहा भयो , हाम्रो समाज, स्कूल र घरमा लागुपदार्थ र यसको कानुनी सजाएको बारेमा सबैलाई जानकारी दिने प्रतिबद्धता गर्छौ।”
![]()
सचेतना कार्यक्रममा नेपाल स्काउटकी लागूपदार्थ दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रमकी प्रशिक्षक मेघा रेउलेले लागूपदार्थ भनेको के हो? यसमा कसरी फसिन्छ? यसको सेवनले शारिरिक, आर्थिक र समाजमा कस्तो ख्यालको असर गर्छ ? र यसबाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण गराएकि थिइन।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक दिमुप लामिछानेले लागूपदार्थ प्रयोग गर्ने , यसको ओसार पसार गर्ने वा लागूपदार्थ उत्पादन तथा तथा बिक्री वितरण गरेमा नेपालको कानुनले कस्तो सजाय ऎन कानुन र ब्यबस्था बारे जानकारी दिएका थिए।

सचेतना कार्यक्रम २ वटा विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।











प्रतिकृया दिनुहोस्