May 23, 2026, Saturday
२०८३ जेष्ठ ९, शनिबार
सल्यानमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

सल्यानमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

असार २२, सल्यान। सल्यानमा अरिङ्गालको टाेकाईबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको कालिमाटी गाउँपालिका ४ निबासी ७ बर्षिय देवदर्शन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

राना बुधबार करिब ३ बजेतिर बाख्रा चराउन गएको बेला अरिङगालले टाेकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका रानालाइ उपचारका लागि सु्र्खेत लगिएको र उपचारको क्रममै अपरान्ह साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुदिप खडकाले बताए।