July 28, 2026, Tuesday
२०८३ श्रावण १२, मंगलवार
सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा न.३ मा एमालेको जित: अध्यक्षमा दाहाल विजयी

सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा न.३ मा एमालेको जित: अध्यक्षमा दाहाल विजयी

जेठ १, सल्यान।
सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा न.३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जस अन्तर्गत वडा अध्यक्षमा एमालेका तिर्थराज दहाल सहितको सम्पुर्ण प्यानल विजयी भएको हो।

दाहालले जम्मा ४४९ मत ल्याइ विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका रेशम बहादुर ओलि ३९८ मत ल्याएका छन।
दाहालले ओलिलाई ५१ मतान्तरले हराएका छ्न।

साथै माओवादी केन्द्र तर्फबाट केशब पुनले ८५ र स्वतन्त्र तर्फबाट शान्त कुमार पुनले १४७ मत ल्याएका छ्न।

छ्त्रेश्वरी गाउँपालिकाबाट छत्रेश्वरि पालिकाको पछिल्लो मतपरिणाम अनुसार पालिका अध्यक्षमा एमाले तर्फबाट ओजबहादुर बुढाथोकिको १३६६, काङ्ग्रेसका केश बहादुर विष्टको ९७६ मत , गठबन्धन- हसियाँ हताैंडा प्रेम खड्का तर्फबाट १४४८ मत र स्वतन्त्र तर्फबाट लाेकपाल केसिको ८४ मत छ।

साथै पालिका उपाध्यक्षकोलागी एमालेकि बुद्धा केसीले १०४३, काङ्ग्रेसकि सिता मल्लले १३३४ मत , गठबन्धनको तर्फबाट राज बहादुर बुढाथाेकीले १०२४ र स्वतन्त्रबाट हिरा बुढा २७ मत प्राप्त गरेकी छिन।

यस वडामा जम्मा १३८२ मतदाता थिए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज