June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
प्रमुख पद नपाएको भन्दै सल्यानको कुमाख गाउँपालिकामा  गठबन्धनबाट बाहिरियो काङ्ग्रेस

प्रमुख पद नपाएको भन्दै सल्यानको कुमाख गाउँपालिकामा गठबन्धनबाट बाहिरियो काङ्ग्रेस

११ बैशाख, सल्यान
नेपाली काङ्ग्रेस कुमाख गाउँपालिका सल्यानले ५ दलिय गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ।

आफुहरुले प्रमुख पदमा सल्यान जिल्लाका १० स्थानीय तह मध्य क्षेत्र न.१ अन्तर्गत कुनैपनि स्थानीय तहमा प्रमुख उपप्रमुख तथा अन्य कुनैपनि पदमा नपरेको र यस बिषयमा आफुहरुलाइ चित्त नबुझेको कुरा प्रकट गर्दै आज आइतबार एक बिज्ञपति जारी गरि यस्तो निर्णय गरेको हो।

बिज्ञप्तिमा नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति, भातृ संगठन शुभेच्छुक तथा अन्य कार्यकर्ता बिच आपतकालीन भेला र छलफल गरि आफुहरुले केन्द्रीय निर्णय बमोजिम पाउने पर्ने पद नपाएको र सो निर्णयका विरुद्धमा कुमाख गाउँपालिका भित्र प्रमुख उपप्रमुख तथा ७ वटै वडामा स्वतन्त्र उम्मेद्वार रहने निर्णय गरेको छ।

निर्णय विरुद्ध नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति , प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिले कुनै हस्तक्षेप गरेमा कठोर निर्णय गर्न बाध्य हुने नेपाली काङ्ग्रेस कुमाख गाउँपालिका सल्यानको बिज्ञपतिमा उल्लेख छ।

यस्तो छ बिज्ञपति