September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
कांग्रेसको सांस्कृतिक उप–समितिमा सल्यानी गायक कृष्ण रेउले मनोनीत

कांग्रेसको सांस्कृतिक उप–समितिमा सल्यानी गायक कृष्ण रेउले मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उप–समिति’ गठन भएको छ ।

समितिका संयोजक एवम् प्रवक्ता डा.प्रकाशशरण महतले गठन गरेको उप–समितिमा सल्यानि गायक कृष्ण रेउले पनि मनोनीत भएका छन।

उपसमितिको संयोजकमा पाँचथरका दूतबहादुर गुरुङलाई चयन भएका हुन।

उप–समितिमा वसन्त सापकोटा, विमलराज क्षेत्री, टीका पुन, राधिका हमाल, सरिता लामिछाने, कस्तुप पन्त, कृष्ण रेउले, रामजी खाण, लोकराज अधिकारी, सुवास केसी, शर्मिला गुरुङलगायतलाई डा.महतले उप–समितिको सदस्यमा मनोनीत गरेका हुन ।