April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
राष्ट्रिय  युवा संघ नेपाल छत्रेश्वरी गाउँ कमिटिको प्रथम बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल छत्रेश्वरी गाउँ कमिटिको प्रथम बैठक सम्पन्न

२० चैत , सल्यान।

राष्ट्रिय युवा संघ नेपाल छत्रेश्वरी गाउँ कमिटिको प्रथम बैठक सम्पन्न भएको छ।

आइतबार छत्रेश्वरी गाउँपालिकाको गाउँ कमिटी पार्टी कार्यालय लान्तीमा सम्पन्न भएको बैठकको अध्यक्षता राष्ट्रिय युवा संघ गाउँ कमिटिका अध्यक्ष नरेन्द्र रावतले गर्नुभएको थियो।

बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य एवम पार्टि जिल्ला कमिटि सचिव ओज बहादुर बुढाथोकि बिशिष्ट अतिथि युवा संघ केन्द्रीय सदस्य प्रिन्स बस्नेत,चक्र बि एम, फौद बस्नेत, प्रबिन घर्ति र दिपक दाहाल , प्रदेश कमिटी सदस्य कुन्ता बस्नेत लगाएतका नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो।

बैठकमा वक्ताहरुबाट युवा केन्द्रित प्रशिक्षण तथा नेतृत्व बिकास उत्प्रेरित कुराहरु राखिएको थियो।

बैठकले अगामी स्थानीय निर्वाचनकोलागि निर्वाचन लक्षित महत्त्वपूर्ण निर्णय पनि पारित गरेको थियो।

निर्वाचन लक्षित निर्णय अन्तर्गत 1 both 50 youth भन्ने नाराका साथ पार्टीका उम्मेदवारहरुलाई जिताउन युवाहरू इमानदारीपूर्वक कठिबद्द भएर लाग्ने प्रतिबद्धताका साथ निर्णय गरिएको थियो।

कार्यक्रमको सञ्चालन गोपाल लामिछानेले गर्नुभएको थियो र स्वागत मन्तव्य गुरु प्रसाद वलिले राख्नुभएको थियो।