गाउँमै वायरिङ तालिम सिकेपछि युवाहरुमा दक्षता
११ चैत, सल्यान।
आफ्नै गाउँमै वायरिङ तालिम लिएर सल्यान कपुरकोट गाउँपालिका १ लामपोखराका ११ जना युवाहरु हाउस वायरिङ गर्न सक्षम भएका छन।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाले लामपोखरामा एक महिने तालिम सञ्चालन गरेपछि उनीहरु हाउस वायरिङ सम्बन्धि सीपमा दक्षता बनेका छाएको हो ।
गाउँमा विद्युत विस्तारको काम भइरहेको अवस्थामा सिप सिकेर ९ घरमा सफल रुपमा वायरिङ समेत गरिएको सहभागीहरु बताउछन ।
उनीहरुलेआफ्नै गाउँ ठाउँमै सिप सिक्न पाएकोमा खुसि ब्यक्त गर्दै आउदा दिनहरुमा सिकेको सीपलाई व्यवशायीकरणमा रुपान्तरण गर्दै अगाडि बढ्ने बताए ।
हाउस वायरिङ सिप विकास तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
सो अवसरमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले युवालाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराई आत्मनिर्भर बनाउन सीप मूलक तालिम आयोजना गरिएको बताए ।
सिपले मानिसलाई सफल जीवन विताउन सहयोग गर्ने भएकाले सिकेको सिपलाई व्यवहारमा उतारेर व्यवशायीक बन्नुपर्नेमा अध्यक्ष सेनले जोड दिए ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकाले अहिले विभिन्न सिप विकासका तालिमहरु सञ्चालन गरिरहेको गाउँपालिकाका कार्यक्रम संयोजक दिपेन्द्र कुमार शाहीले जानकारि दिए ।
यसैविच कपुरकोट ४ मा सञ्चालन गरिएको १० दिने डल तथा कुशन बनाउने तालिम पनि शुक्रबार नै समापन गरिएको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
तालिममा ६ जना महिलाहरुले सजावटका सामग्रीहरु डल तथा कुशन बनाउन सिकेको उद्यम विकास सहजकर्ता वाल कुमारी पुनले जानकारि दिइन।








लेखकको सम्वन्धमा