कपुरकोट गाउँपालिका भित्रका सबै विद्यालयमा कार्यरत शिक्षकहरुले राजनीतिक दलको सदस्यता अनिवार्य त्याग्नु पर्ने निर्णय
बैशाख २९, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयमा कार्यरत शिक्षकहरुले राजनीतिक दलको सदस्यता अनिबार्य त्याग गर्नु पर्ने भएको छ ।
पालिकाको शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सेवा प्रबाहलाई मर्यादित र व्यवस्थित बनाउन शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग गर्नु पर्ने भएको हो । गाउँपालिकाले सार्बजनिक गरेको सुचनामा शिक्षकहरुले १५ दिन भित्र सदस्यता त्यागेको स्वघोषणा गर्न निर्देशन गरिएको छ ।
शिक्षा ऐन २०२८ संसोधन सहित १६ को दफा ङ उपदफा ५ को ब्यबस्था कार्यान्वयनका लागि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई १५ दिनका समय निर्धारण गरिएको गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक दुर्गा बहादुर पुनको भनाई छ ।
सुचना जारी भएको मितिले राजनीतिक दलको सदस्य त्यागेको स्वघोषणा नगरेमा तथा राजनीतिक दलको सदस्यता भएको प्रमाण सहित सुचना आएमा कानुन बमोजिम कारबाही हुने शिक्षा शाखा प्रमुख सरस्वती भण्डारी द्धारा हस्ताक्षर सुचनामा उल्लेख गरिएको छ ।
लेखकको सम्वन्धमा