आफ्नो ८४औं जन्म उत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

आफ्नो ८४औं जन्म उत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

सल्यान पुष ८ आइतबार

सल्यानमा एक व्यक्तिले आफू ८४ बर्ष पुगेको अवसरमा विद्यालयमा १ लाख बढीको अक्षयकोष खडा गरेका छन
जिल्लाको कुमाख गाउपालिका वडा न. २ नेटाबजारका कृति बहादुर रावतले आफू ८४ औ बर्ष पुगेको अवसरमा स्थानीय नारायण माविलाई १ लाख ११ हजार १ एक सय ११एघार बराबर रकमको अक्षयकोष कार्यविधि बनाएर विद्यालयलाइ हस्तान्तरण गरेका हुन ।
दान गरौं धर्म गरौ पुण्य कमाउ भन्ने उदेश्यका साथ
विद्यालयका संस्थापक सदस्य तथा सोही विद्यालयको व्यवस्थापन समिति पुर्व अध्यक्ष समेत रहेका कृति बहादुर रावतले धार्मिक परम्परा अनुसार गरिने चौरासी पुजामा हुने फजुल खर्चलाई कटौति गरेर समाजिक क्षेत्रमा योगदान पुग्ने उदेश्यले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन ।
धार्मिक परम्परा अनुसार ८४औं बर्ष पुग्दा ब्राहामण बसालेर विधि पुर्वक चौरासी पुजा गर्ने गरिन्छ । तर समाजलाई प्रगतिशील दिशातिर लम्कन सन्देश पुग्ने प्रगतिशील संस्कारको बिकास हुने र थोरै भएपनी फजुल खर्चलाई जोगाए सामाजिक योगदानमा खर्चिन सके समाजको हित हुने समाज बिकासमा थप इटा थपिने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको सोही विद्यालयका प्रधानाध्यापक समेत रहेका उनका छोरा देवेन्द्र रावतले जानकारी दिनुभयो ।
यश अक्षयकोषको व्याजबाट प्राप्त हुन आएको रकमको ७५% प्रतिशत रकमबाट विद्यालयमा अध्ययनरत गरिव जेहेन्दार अपाङ्ग अशक्त तथा सहिद परिवारजनका बालबालिकालाई लाई प्रोत्साहन सहित उनीहरुलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिनेछ ।
रावत परिवारको आयोजनामा भएको विद्यालयमा अक्षयकोष स्थानपना तथा शुभकामना प्रदान कार्यक्रम कार्यक्रममा सहभागी कार्यक्रमका प्रमुख अतिथि बनगाड कुपिण्डे नगरकापालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले ८४ औं पुजालाई रावत परिवाले फरक ढंगले मनाएको प्रती परिवारबाट आफुले नयाँ शिक्षा लिएको भन्दै यो उमेरमा उमेरले बूढो भएपनि विचारले युवा बनेर उदाहरण दिनु प्रती खुसी व्यक्त गर्दै ।
मानवले बनाएका राम्रा संस्कार र संस्कृति अरू मानवले पनि सिक्दै जानुपर्ने भन्दै उनले यसलाई सकारात्मक शिक्षा लिनु पर्ने धारणा राखे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले अक्षयकोषदाता विगत देखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहेको भन्दै त्यसको अनुसरण परिवारले पनि गरिरहेको प्रती खुशी व्यक्त गर्दै । परिवारले समाजमा उल्लेखनिय काम गरेको भन्दै यसलाई संस्कारको रूपमा अरूले पनि सिक्दै जानुपर्ने बताउनुभएको थियो।

त्यस्तै कार्यक्रममा सहभागी कुमाख गाउपालिका उपाध्यक्ष लाल बहादुर रावत, पुर्व उपाध्यक्ष डिल्लीराज जैशी, वडाका अध्यक्षहरु वडा सदस्यहरु राजनीति दलका प्रमुख तथा प्रतिनिधि बुद्धिजीवी पत्रकार शिक्षक कर्मचारी लगायत दर्जनौ व्यक्तिले शुभकामना मन्तव्य राखेका थिए भने उपस्थित सबैले टीका लगाएर आशीर्वाद ग्रहण गरेका थिए ।
१९९६ साल पौष ८ गते जन्मिनुभएका कृति बहादुर रावतले आफ्नो ८४ बर्षे जन्मदिन समाजमा प्रेरणा दिने गरि मनाएकोमा  स्थानीयबासीहरू खुशी हुँदै त्यो संस्कृति सबैले अनुसरण गर्नुपर्ने बताएका थिए ।
रावत परिवारका अगुवा हिउदे रावतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन छोरा देवेन्द्र रावतले गर्नुभएको थियो भने कान्छो छोरा मान बहादुर रावतले सहभागिलाई मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज