दाङमा शिक्षले चलाएको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

दाङमा शिक्षले चलाएको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

बैशाख ६ दाङ ।

दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–१८ मानपुर निवासी शर्मिला चौधरीको ५ वर्षीय छोरा सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

प्रहरी प्रवक्ता मल्लका अनुसार न्यु स्टार बोडसर््ङ स्कुलमा पढाउने शिक्षक तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडकखण्डम ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याएका बालको उपचारकै क्रममा मृत्यु भएको भएको प्रहरी प्रवक्ता मल्ले जानकारी दिनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज