कुमाख गाउँपालिका अध्यक्षकपको उपाधी वडा नम्बर २ लाई
फागुन २३ सल्यान ।
सल्यानको कुमाखमा गाउँपालिकामा चलिरहेको अध्यक्ष कपको उपाधी वडा नं २ ले हात पारेको छ ।
फागुण १९ गते देखि सुचारु भएको विभिन्न बिधाका २० खेलमा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित वडा नं २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै सोही खेलमा ५ स्वर्ण २ रजत र ४ कास्य पदक प्राप्त गरि वडा नम्बर ३ द्वितीय भएको छ । भने ४ स्वर्ण, ६ रजत र १ कास्य सहित वडा नम्बर १ तृतिय बनेको छ।
शनिबारबाट सुचारु भएको खेल मंगलबार सम्पन्न भएको हो सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपलिका अध्यक्ष मान बहादुर बुढाथोकीले सबै बिजेता खेलाडीहरुलाइ बधाई शुभकामना दिदै खेलकुद मैदानको आवश्यकता भएको महसुस भएको भन्दै खेल मैदान फराकिलो, स्वच्छ, राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन केही कमि कमिजोरी भएकोमा क्षमायाचना गर्दै उनले आफू निर्वाचित भएपछि पहिलो पटक अध्यक्षकप खेलाएको भन्दै स्थानीय सरकारले खेल क्षेत्रमा अझै सक्रियता देखाउने बताएका छन ।
कार्यक्रममा उपाध्यक्ष लाल बहादुर रावतले खेल मैदानको अभावका कारण खेलकुद व्यवस्थित गर्न अप्ठ्यारो भएपनि खेल सफल बनाएकोमा खुसी व्यक्त गरेका छन ।
हारजित स्वभाविक प्रक्रिया हो भन्दै उनले राष्ट्रिय स्तरमा छनौट हुने सम्भावना भएका खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताउदै छात्राहरूको भलिवल उच्च प्रशंसा गर्न लायक रहेको र हरेक खेलाडीलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले कप तथा रनिङशिल्डमा मात्रै हैन हरेक बार, हरेक समय खेललाई महत्व दिनुपर्ने बताएका छन । उनले राष्ट्र र स्वास्थका लागि खेलकुद भन्ने कुरालाई सधै ख्याल गरिरहन सरोकारवालालाई आग्रह गरेका छन ।
महिला १० र पुरूष १० गरि सात वटै वडाबाट २० खेलका लागि प्रतिस्पर्धा भएको थियो ।
भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो का साथै ३ हजार, १५ सय, ४ सय, र १ सय मिटर दौडमा प्रतिस्पर्धा भएको हो ।
प्रतियोगितामा ६, ५, ७, ४ क्रमशः चौथो, पाचौ, छैठौं र सातौं बनेका छन ।
लेखकको सम्वन्धमा