मृत्यु भइ सकेका ब्यक्तिको नाममा वृद्ध भत्ता बुझेको आरोपमा पुर्व वडाअध्यक्ष माथी भ्रष्टाचारको मुद्दा दायर
फागुन ३० सल्यान।
सल्यानकाे शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको।
थापाले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा मुद्दा दायर भएको हाे।
अस्तित्वमा नभएको व्यक्तिलाई आफ्नो आमा नाता जनाएर ५१ हजार वृद्ध भत्ता वितरण गरेकाे आराेप उनी माथि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उजुरीका अनुसार अनुसन्धान गर्दा थापाले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र २०७६/०७७ को प्रथम किस्ता गरी ५१ हजार रुपैयाँ आमा नाता लगाएर आफैँ बुझि लिएको भेटिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छ्न।
थापा विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजायको माग दावी समेत लिइएको प्रवक्ता घिमिरेले बताएका छ्न।
लेखकको सम्वन्धमा